Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आज मिटरब्याज पीडितलाई भेट्दै

प्रधानमन्त्रीले आज मिटरब्याज पीडितलाई भेट्दै

  • शनिवार, चैत्र १८ २०७९

  • 245
    SHARES

  • प्रधानमन्त्रीले आज मिटरब्याज पीडितलाई भेट्दै

    काठमाडौं । मिटरब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बालुवाटार बोलाउनुभएको छ ।

    महोत्तरी लगायतका जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका पीडितको गुनासो सुन्न प्रधानमत्री प्रचण्डले आज बिहान बालुवाटार बोलाउनुभएको हो ।

    मिटरब्याज पीडितहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरुबाट लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृहमन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन।

    माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने तयारीमा रहेका पीडितले माग सम्बोधन नभएसम्म गाउँ पनि नफर्किने अडान लिएका छन्। महोत्तरी, सर्लाली लगायत विभिन्न जिल्लाका मिटरब्याज पीडित पैदल यात्रा गरेर गत आइतबार काठमाडौं आइपुगेका थिए।


    शनिवार, चैत्र १८ २०७९०८:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij