Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनर्गठन, सरकारले पूर्णता भने अझै पाएन(खासखबर)

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनर्गठन, सरकारले पूर्णता भने अझै पाएन(खासखबर)

  • शुक्रवार, चैत्र १७ २०७९

  • 355
    SHARES

  • प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनर्गठन, सरकारले पूर्णता भने अझै पाएन(खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ। आजै नवनियुक्त मन्त्रीहरूले शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो। पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बन्नुभएको छ ।

    पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री रहनु भएको छ ।विस्तारित मन्त्रिपरिषदमा दोस्रो वरियता सहित कांग्रेसका उपसभापति खड्का उपप्रधानमन्त्री र रक्षामन्त्री बन्नुभएको हो ।

    त्यस्तै माओवादीबाट शक्ति बस्नेत मन्त्री बन्न्ुभएको छ। उहाँले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहनुभएका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुुभएको छ ।

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहनु भएका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुुभएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नु भएको छ । भण्डारी यो सहित १२औं पटक मन्त्री बन्नुुभएको हो ।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।गृह मन्त्रालयको कार्यभार सम्हालेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    यसैगरि, नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताउनु भएको छ । उहाले सुस्ताएको अर्थतन्त्रलाई मन्दीमा जान नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने अझै पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँगै अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ । प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारपछि सरकारले अव इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गर्नुभएको छ ।

    अहिलेसम्म मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ । अझै सात सदस्यको नियुक्ति निश्चित हुन पाएको छैन । शेखर पक्षले असन्तुष्टि जनाएपछि कांग्रेसले पाउने ४ मन्त्रालयमा मन्त्री पछि पठाइने भएको छ ।यसैगरि आजै जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिनुभएको छ ।

     


    शुक्रवार, चैत्र १७ २०७९०८:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij