Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले निश्चीत

रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले निश्चीत

  • शुक्रवार, चैत्र १७ २०७९

  • 358
    SHARES

  • रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले निश्चीत

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट तनहुँ १ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ। आगामी बैशाख १० मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन हुनु भएको हो।

    उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा.रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन हुनुभएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

    आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीमा भएको छलफलमा लामिछाने र घिमिरेले नाम फिर्ता लिन सहमत भएका हुन्। अर्थशास्त्री स्वर्णिम हिजो मात्रै नेपाली कांग्रेस परित्याग गरेको बताउनु भएको थियो ।

    रास्वपाले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा गरेर मात्रै उम्मेदवार छान्ने आफूहरूको नीति रहेको बताउने गरेको छ ।


    शुक्रवार, चैत्र १७ २०७९०३:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij