Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे : कुन दलले पाए कुनकुन मन्त्रालय ?

नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे : कुन दलले पाए कुनकुन मन्त्रालय ?

  • शुक्रवार, चैत्र १७ २०७९

  • 519
    SHARES

  • नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे : कुन दलले पाए कुनकुन मन्त्रालय ?

    काठमाडौं। नवनियुक्त मन्त्रीललाई पद तथा गोपनियताको शपथ गराउन दिउँसो ३ बजेका लागि तयारी गरिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि दिउँसो ३ बजे सपथ गराउने तयारी सुरु भएको हो ।

    गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन्। हिजो नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर गर्दै हुनुहुन्छ। पुस ११ मा शपथ लिएसँगै उहाँले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । सहयोगीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

    कांग्रेस ८, एस र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन । यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन्। सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ।


    शुक्रवार, चैत्र १७ २०७९०२:१७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij