Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमालेले चाहे मुलुक मध्यावधि चुनावमा जान्छ : विष्णु पौडेल

एमालेले चाहे मुलुक मध्यावधि चुनावमा जान्छ : विष्णु पौडेल

  • शुक्रवार, चैत्र १७ २०७९

  • 476
    SHARES

  • एमालेले चाहे मुलुक मध्यावधि चुनावमा जान्छ : विष्णु पौडेल

    काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गर्नुभएको छ। आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा पुर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष नचलेर मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताउनुभयो।

    पौडेलले अहिलेको गठबन्धन भत्काउने, तोड्ने जस्ता खेलमा नलागेको जनाउनुभयो। तर एमालेले चाहेमा गठबन्धन तोड्न धेरै समय नलाग्ने उहाँको जिकिर छ ।

    उहाँले भन्नुभयो,‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनेँ की हामी अहिले यो गठबन्धन भत्काउने,अर्को गठबन्धन बनाउने काममा लागेका छैनौं,एमाले लाग्यो भने त्यो केही दिनको विषय हो। यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ।’

    पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ले एमालेलाई बलियो बनाइरहेको भन्दै पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने जिकिर गर्दै प्रतिनिधिसभामा एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा उभिने उहाँले जनाउनुभयो।


    शुक्रवार, चैत्र १७ २०७९०१:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij