Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस छाडेको स्वर्णिम वाग्लेको घोषणा (स्टाटससहित)

नेपाली कांग्रेस छाडेको स्वर्णिम वाग्लेको घोषणा (स्टाटससहित)

  • बिहिवार, चैत्र १६ २०७९

  • 464
    SHARES

  • नेपाली कांग्रेस छाडेको स्वर्णिम वाग्लेको घोषणा (स्टाटससहित)

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ।आज केही मिनेट अगाडी सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस सार्वजनिक गर्दै वाग्लेले कांग्रेस छाडेको घोषणा गर्नुभएको हो। पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा सक्रिय रहेर काम गरेपनि कांग्रेसको पार्टी नेतृत्वका कारण आफुले पार्टी छाड्नुपरेको वाग्लेले लेख्नुभएको छ।

    यस्तो छ वाग्लेको स्टाटस:

    ****नेपाली काँग्रेसबाट अलग भएको घोषणा****
    वि.स.२०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
     
    त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।
     
    तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।
     
    अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।
     
    सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर 'यो देश बन्छ' भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।


    बिहिवार, चैत्र १६ २०७९०४:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij