Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मिटरब्याजी पीडित र सरकारको वार्ता सकियो

मिटरब्याजी पीडित र सरकारको वार्ता सकियो

  • बिहिवार, चैत्र १६ २०७९

  • 559
    SHARES

  • मिटरब्याजी पीडित र सरकारको वार्ता सकियो

    काठमाडौं। सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ। गृहमन्त्रालयमा भएको छलफलमा पीडितहरुले आफ्नो तर्फबाट लिखित माग राखेका छन् ।

    सरकारी टोलीबाट वार्ताको नेतृत्व गर्नुभएकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिनुभयो ।

    दिउँसोको छलफलमा आ–आफ्ना धारणा राख्ने काम भएको नेपाल समाजवादीका नेता रामरिजन यादवले पनि जानकारी दिनुभयो । मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए ।

    सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपुर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।


    बिहिवार, चैत्र १६ २०७९०२:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij