काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले आगामी बैशाख १० मा हुन लागेको बारा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिनुभएको छ ।
आज पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै पत्र लेखेर कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न नसक्ने बताउनु भएको छ।
‘व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीबहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु ।’
आफू संयोजक नरहे पनि उपचुनावका गतिविधिहरूमा मेरो सामर्थ्य, विवेकले भ्याउने हदसम्म सरिक रहने उहाँले बताउनु भएको छ।