Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको निर्णयः चितवनमा श्रेष्ठ, तनहुँमा भट्टराई र बारामा जसपालाई सघाउने

कांग्रेसको निर्णयः चितवनमा श्रेष्ठ, तनहुँमा भट्टराई र बारामा जसपालाई सघाउने

  • बिहिवार, चैत्र १६ २०७९

  • 394
    SHARES

  • कांग्रेसको निर्णयः चितवनमा श्रेष्ठ, तनहुँमा भट्टराई र बारामा जसपालाई सघाउने

    काठमाडौंं। नेपाली कांग्रेसले आगामी बैशाख १० मा हुने उपचुनावमा प्रतिनिधि सभा सदस्यका लागि चितवन २ मा जीतनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठ र भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापतिसमेत हुनुहुन्छ ।

    यसअघि गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    तनहुँ १ मा भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। श्रेष्ठ र भट्टराई दुवैले उपनिर्वाचनमा आफ्नो जित निश्चित रहेको बताएका छन्।

    यस्तै, कांग्रेसले बारा-२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ। कांग्रेसले बारा-२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।


    बिहिवार, चैत्र १६ २०७९०१:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij