Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

तनहुँ १ मा उपचुनाव लड्न कांग्रेसका १३ जना आकांक्षी

तनहुँ १ मा उपचुनाव लड्न कांग्रेसका १३ जना आकांक्षी

  • सोमवार, चैत्र १३ २०७९

  • 1.1K
    SHARES

  • तनहुँ १ मा उपचुनाव लड्न कांग्रेसका १३ जना आकांक्षी

    काठमाडौं। तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार हुन नेपाली कांग्रेसका १३ जनाले आवेदन दिएका छन्। कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले माग गरेअनुसार वैशाख १० मा हुने उपनिर्वाचन लड्न १३ जना आकांक्षीले आवेदन दिएका हुन्।

    केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई लगायतले उम्मेदवार हुन आवेदन दिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

    साथै नेताहरू लक्ष्मी आचार्य, विष्णु पन्त, पूर्वजिविस सभापति रामचन्द्र पोखरेल, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, डोबाटे विश्वकर्मा, अर्जुन अधिकारी र सरिता गुरूङले उम्मेदवार हुन क्षेत्रीय समितिमा आवेदन दिएका छन्।

    क्षेत्रीय कार्यसमितिले तोकेअनुसार जनही छ हजार शुल्क बुझाएर उनीहरूले उम्मेदवार हुन आवेदन दिएका छन्। तनहुँ १ मा गत मंसिर ४ मा भएको चुनावमा विजयी तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल गत फागुन २५ गते पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त छ।

    सोही रित्त स्थानमा पदपुर्तिका लागी उपनिर्वाचन हुन लागेको हो । आवेदन आएका नामहरू क्षेत्रीय कार्यसमितिले अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा सिफारिस पठाउनेछ। केन्द्रले १ जनाको नाम उमेदवारका लागी छनोट गर्ने छ ।


    सोमवार, चैत्र १३ २०७९०७:१९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij