Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सम्हाले कार्यभार,सिमित स्रोतसाधनले उत्कृष्ट नतिजाको पर्खाईमा गृह (खासखबर)

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सम्हाले कार्यभार,सिमित स्रोतसाधनले उत्कृष्ट नतिजाको पर्खाईमा गृह (खासखबर)

  • आइतवार, चैत्र १२ २०७९

  • 262
    SHARES

  • नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सम्हाले कार्यभार,सिमित स्रोतसाधनले उत्कृष्ट नतिजाको पर्खाईमा गृह (खासखबर)

    काठमाडौं। नेपाल प्रहरीका ३० औँ नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले आज दज्र्यानी चिन्ह सुशोभन गर्दै आफ्नो कार्यकालको शुभारम्भ गर्नुभएको छ। गृहमन्त्रालयमा आयोजित एक समारोहमा गृह सचिव विनोदप्रकाश सिंहले कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो। पछिल्लो समय प्रहरी संगठनभित्र देखिएका बेथिति र अराजकतालाई आफ्नो कार्यकालमा चिर्ने उहाँको प्रतिवद्धता छ।

    प्रहरी मेरो साथी भनिएतापनि कैयौँ घटनादेखि भ्रष्ट्राचारसम्म संगठनकै मान्छे मुछिने गरेका कारण त्यस्ता बानी व्यहोरा भएकाहरुले आजैबाट सुधार्नुपर्ने कुँवरको निर्देशन थियो। मुलुकको हरेक परिवर्तन विकासमा हरपल साथी बनिरहेको प्रहरीलाई थप जवाफदेही बनाउनु आजको चुनौति पनि हो। लामो संघर्षपछि देखिएको परिवर्तन र यसले निम्त्याएको अराजताविरुद्ध कैँयौँ जनताहरु सडकमा रहेकोले यसको सही नियमन गर्नसक्नु पनि प्रहरीलाई अर्को जिम्मेवारी थपिएको छ

    प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको कुँवरको भनाइ छ। विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै उहाँले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने स्पष्ट पार्नुभयो।समारोहमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभयो।

    सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गर्नुभयो। उहाँले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यक्ता रहेको बताउनुभयो ।सचिव सिंहले अनुशासनहिनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा जोड दिनुभयो।

    विगतमा सुधारका क्रमहरु चलेको भएपनि त्यो सुधार अझैपनि पूर्ण नभएको उहाँको भनाइ छ। नेपाल प्रहरीले उपलब्ध स्रोतसाधन र प्रविधिको उपयोग गरी महत्वपूर्ण घटनाहरुलाई समेत उजागर गरेका दृष्टान्तहरु छन् ।पछिल्लो समय बढ्दो प्रविधि र घटनाका बदलिएका स्वरुपहरुका बारे प्रहरी चनाखो बन्न जरुरी छ।

    कुनै पनि स्थानमा घटना हुँदा मुखदर्शक बन्ने, आदेश कुर्ने, फोन रिस्पोन्स नगर्ने आदि विषयमा प्रहरीको व्यवहार सुध्रिनुपर्ने आजको आवश्यकता हो ।समय र परिस्थितिलाई हेरेर सही डिसिजन लिनसक्ने नेतृत्व उत्पादन गर्नका लागि प्रहरी संगठन लाग्न आवश्यक छ । ठूलो संगठनमा विभिन्न स्वभाव भएका कर्मचारीहरुको आवद्धता रहने भएकोले सकेसम्म जनमैत्री स्वभावलाई प्राथमितामा राख्न सक्नुपर्दछ ।


    आइतवार, चैत्र १२ २०७९०८:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij