Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रामहरि खतिवडाको माग : सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार हुनुपर्यो

रामहरि खतिवडाको माग : सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार हुनुपर्यो

  • आइतवार, चैत्र १२ २०७९

  • 400
    SHARES

  • रामहरि खतिवडाको माग : सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार हुनुपर्यो

    काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

    आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग यस्तो माग गर्नुभएको हो ।सांसद खतिवडाले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु । ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन । बसको विमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई विमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’

    सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताउनुभयो ।


    आइतवार, चैत्र १२ २०७९०४:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij