काठमाडौं। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन्।
केन्द्र सरकारमा सत्ता समिकरण परिवर्तन भएर सरकार निर्माण भएर प्रदेश सरकारमा पनि नयाँ समिकरण बन्ने भएसँगै लुम्बिनीमा पनि माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
प्रदेशमा एमालेले नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमा सहभागी आफ्ना ३ मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभएको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा पर्नुभएको छ ।