Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जनगणनाको सन्देश : १० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुने जोखिम (खासखबर)

जनगणनाको सन्देश : १० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुने जोखिम (खासखबर)

  • शनिवार, चैत्र ११ २०७९

  • 293
    SHARES

  • जनगणनाको सन्देश : १० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुने जोखिम (खासखबर)

    काठमाडौं । परिवार र पेसासम्बन्धी अवधारणामा परिवर्तनका आएका कारण २०७८ को जनगणनामा १५ वर्षमुनिका बालबालिकाको संख्या कमी भएको समाजशास्त्रीले औंल्याएका छन् । ‘जनगणनामा बालबालिकाको संख्या घट्नुमा विभिन्न कारण हुन सक्छन् । परिवारसम्बन्धी अवधारणामा परिवर्तन, पेसामा आएको परिवर्तन र शिक्षा र जीवनशैलीको परिवर्तनले १५ वर्षमुनिका बालबालिकाको संख्या कमी भएको हो । अहिलेको व्यस्त जीवनशैलिमा दम्पतीको प्राथमिकता सन्तान जन्माउनेभन्दा व्यावसायिक करिअरमा रहेकाले यस्तो समस्या सृजना भएको समाजशास्त्री राम गुरुङको भनाई छ ।

    समाजशास्त्री गुरुङले पेसालाई धेरै महत्व दिएकाले दम्पतीले सन्तान जन्माउने समय घर्किएको पनि बताउनुहुन्छ। ‘पहिले बुढेसकालमा आर्थिक सुरक्षा चाहिएकाले चाँडै बच्चा जन्माउथे । अहिले सन्तान जन्माउने र हुर्काउने कुरा पहिलेको तुलनामा महँगो भएको छ। त्यसैले दम्पतीले बच्चा बनाउने समय धकेलिरहेको छ । त्यसैले पनि १५ वर्षमुनिका बच्चा घटेका हुन् गुरुङको तर्क छ ।

    जनगणनामा ३४ प्रतिशत जनसंख्या काम नगरी बसेको तथ्यांक आउनु बुढाबुढीको संख्या बढ्नु रहेको पनि छ। अहिले स्वास्थ्य सेवामा पहुँच बढेकाले मानिसको आयु लम्बिएको छ। बालबालिकाको संख्या घट्दै जाँदा अबको १० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुने अवस्था आउनु चिन्ताजनक बिषय पनि बनेको छ ।

    समाजशास्त्री गुरुङका अनुसार ‘अहिले गाउँमा ५० वर्षभन्दा माथिका मानिस ज्यादा छन् । त्योभन्दा तलका मानिस प्रायः वैदेशिक रोजगारीमा छन् । राज्य युवालाई देशमा टिकाउने जिम्मेवारीबाट पर पर भागिरहेको छ । शिक्षा र सीपका हिसाबले मुलुकलाई जुन जनशक्ति चाहिन्छ, त्यो उत्पादनै नहुने जोखिम छ ।’यसबारे राज्य गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुहुन्छ ।

    २०७८को कात्तिक–मंसिरमा भएको जनगणनाको पूर्ण विवरण हिजो शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्नुभएको हो। प्राप्त नतिजामा कम उमेरका व्यक्तिको संख्या घटेको उहाँले बताउनु भएको थियो ।

    पछिल्ला दशकमा आन्तरिक बसाइँसराइको दर बढ्दै गएको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८÷०७९ को नतिजा हिजो सार्वजनिक गरेको थियो । जसअनुसार २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेकोे हो ।


    शनिवार, चैत्र ११ २०७९०८:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij