Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देशको आर्थिक संकट कांग्रेसले नै समाधान गर्नुपर्छ : धनराज गुरूङ

देशको आर्थिक संकट कांग्रेसले नै समाधान गर्नुपर्छ : धनराज गुरूङ

  • शनिवार, चैत्र ११ २०७९

  • 275
    SHARES

  • देशको आर्थिक संकट कांग्रेसले नै समाधान गर्नुपर्छ : धनराज गुरूङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सृजित आर्थिक संकट कांग्रेसले नै समाधान गर्नुपर्ने बताउनु भएको छ ।

    नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई हेटौंडामा उद्घाटन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा देशको चरम आर्थिक संकटबाट पार लगाउन नसकेमा कांग्रेस नालायक हुने तर्क समेत गर्नभयो ।

    उहाँले मुलुक अप्ठ्यारो स्थितिमा भएको रहेको बताउँदै देशलाई अप्ठ्यारो स्थितिबाट मुक्त गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको बताउनुभयो।

    नालायकहरुले देश चलाई रहनुपर्छ सिंहदरबारमा बस्न पर्छ भन्ने आफूलाई नलागेको उहाँको भनाइ थियो। इतिहासमा कांग्रेस पार्टीलाई नालायक बन्न दिदैनौं भन्ने संकल्प गर्नुपर्ने उहाँले बताउनुभयो ।

    संघीय सरकारमा र प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री हुनेले भ्रस्टाचार गर्ने छुट नपाउने, मन्त्रीहरुको कार्यशैलीको निगरानी गर्ने पनि उहाँले बताउनुभएको छ ।

    नेपाल शिक्षक संघको दोस्रो अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट शिक्षकहरु सहभागिता भएका छन् । सोही अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने उपसभापति गुरूङले बताउनुभयो । अधिवेशन आइतबारसम्म संचालन हुने भएको छ ।


    शनिवार, चैत्र ११ २०७९०२:४६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij