Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मन्त्रीपरिषदले दुई दिनभित्रै पूर्णता पाउँछः उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

मन्त्रीपरिषदले दुई दिनभित्रै पूर्णता पाउँछः उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

  • शनिवार, चैत्र ११ २०७९

  • 370
    SHARES

  • मन्त्रीपरिषदले दुई दिनभित्रै पूर्णता पाउँछः उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गर्नुभएको छ ।

    आज ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दावी गर्नुभएको हो।

    मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिनुभयो ।


    शनिवार, चैत्र ११ २०७९०२:१७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij