Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई नेकपा व्युताउने माधव नेपालको प्रस्ताव

प्रचण्डलाई नेकपा व्युताउने माधव नेपालको प्रस्ताव

  • शुक्रवार, चैत्र १० २०७९

  • 252
    SHARES

  • प्रचण्डलाई नेकपा व्युताउने माधव नेपालको  प्रस्ताव

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन्।

    आज भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेपाले आफूले प्रचण्डलाई नेकपा रिभाइभ गर्ने प्रस्ताव राखेको बताउनुभएको हो।

    “आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो। मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,” नेपालले भन्नुभयो।

    नेपालले राष्ट्रपतिको चुनावका बेला नेकपा ब्युँताउने प्रस्तावमा प्रचण्ड तयार भएको बताउनुभयो। तर, एमाले अध्यक्ष केपीशर्मा ओलीले सोही प्रस्ताव पठाउँदा चासो नराखेको उहाँको भनाई छ ।

    उहाँले पार्टी एकताका लागि त्याग गर्नुपर्ने बताउनुभयो। केहि समय अगाडी मात्रै सम्मपन्न भएको चुनावमा एमाले नेतृत्वको अहंकारले कम्युनिस्ट पार्टीले चुनावमा धक्का खाएको आरोप लगाउनुभयो ।


    शुक्रवार, चैत्र १० २०७९०१:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij