Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षी बेञ्चमा एमाले : संसद चलायमान बन्ने आंकलन, सत्ता पक्षबाटै प्रधानमन्त्रीको आलोचना(खासखबर)

प्रतिपक्षी बेञ्चमा एमाले : संसद चलायमान बन्ने आंकलन, सत्ता पक्षबाटै प्रधानमन्त्रीको आलोचना(खासखबर)

  • बिहिवार, चैत्र ९ २०७९

  • 598
    SHARES

  • प्रतिपक्षी बेञ्चमा एमाले : संसद चलायमान बन्ने आंकलन, सत्ता पक्षबाटै प्रधानमन्त्रीको आलोचना(खासखबर)

    काठमाडौं। पुस १० गते माओवादी केन्द्रलगायतका दलहरुसँगको सत्ता समिकरणले सरकारको भ¥याङ चढेको नेकपा एमाले फागुन १३ नबित्दै प्रतिपक्षीको बेञ्चमा पुगेको छ । नेपालको संविधानले सदनमा बलियो प्रतिपक्षीको कल्पना गरेपनि यसअघि नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षीको बेञ्चमा पुगेको थियो । कांग्रेसको चलाखीले एमालेको नेतृत्वमा बनेको सरकार दुई महिनापनि टिक्न सकेन ।

    जनताबाट पनि प्रमुख प्रतिपक्षीको म्याण्डेड पाएको नेकपा एमाले सरकारको अफरमा भने हतारिएको थियो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेस, एमाले जो सँग मिलेपनि प्रधानमन्त्री भए पुग्ने हुटहुटीले सरकार स्थायित्व पाउन सकेन ।

    संसदमा सबैभन्दा मुख्य भूमिका प्रमुख प्रतिपक्षी दलको हुन्छ । संसदलाई कसरी चलायमान बनाउने, कस्ता मुद्दा उठाएर सरकारलाई जवाफदेही बनाउने प्रतिपक्षी दलको काम हो । तर, पछिल्लो समय संसदमा यो अभ्यास विस्तारै कम हुँदै गएको छ । यो निर्वाचनपछि बसेको प्रतिनिधि सभाको पहिलो अधिवेशनको पन्ध्रौ बैठकमा भने प्रमुख प्रतिपक्षी दल को भन्ने प्रष्ट भयो ।

    संसद सचिवालयले प्रमुख प्रतिपक्षीको बेन्चमा नेकपा एमालेलाई बस्न अनुमति दिएसँगै नेपाली कांग्रेस सत्तापक्षको बेन्चमा सरेको थियो । अहिले नेकपा एमालेले सरकारका काम र प्रवृत्तिलाई नजिकबाट नियालिरहेको नेता सूर्य थापा र कर्ण थापाको भनाइ छ । पदको लागि अब सौदाबाजी नगरिने उहाँको दाबी छ ।

    विभिन्न समयमा सरकार नजिक रहेको एमालेलाई प्रमुख प्रतिपक्षी दलको बेन्चमा लामो अनुभव छैन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकार विघटन भएपछि एमाले प्रतिपक्षी दलको हैसियतमा पुगेको थियो । त्यसपछि पाँच दलीय सत्ता गठबन्धन निर्माण भयो । प्रमुख प्रतिपक्षी दलको भूमिका पाएको एमालेले ९ महिनासम्म त संसद अवरोध नै ग¥यो ।

    अहिलेको अवस्थामा सरकारलाई संसदप्रति जवाफदेही र जिम्मेवार बनाउन एमालेको भूमिका कस्तो हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ । कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री डराए मात्रै जनताले न्याय पाउने भएकोले अहंकारी नबन्न आग्रह गर्नुभएको छ ।

    मुलुकको संविधानले परिकल्पना गरेको संसदमा बलियो प्रतिपक्षी दलनै हो । जसले जनताका समस्यालाई मुखरित गर्न सहज गर्दछ । सत्तापक्षले बाटो बिराउँदा खबरदारी गर्न मिल्छ तर, पछिल्लो समय मुलुकको राजनीति र दलहरुमा नैतिकताको खडेरी बढ्दै जाँदा मिलिजुली सरकार बनाउने र प्रतिपक्षीमा बस्नै नमान्ने प्रवृत्ति हाबी हुँदै गएको पाइन्छ ।


    बिहिवार, चैत्र ९ २०७९०७:१९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij