Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रशासनिक संघीयता कार्यान्वयन हुन सकेन : मुख्यमन्त्री कार्की

प्रशासनिक संघीयता कार्यान्वयन हुन सकेन : मुख्यमन्त्री कार्की

  • बिहिवार, चैत्र ९ २०७९

  • 325
    SHARES

  • प्रशासनिक संघीयता कार्यान्वयन हुन सकेन : मुख्यमन्त्री कार्की

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएको बताउनुभएको छ । आज नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयताः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको पनि उहाँले बताउनुभएको छ। उहाँले केन्द्र सरकार अझै पनि अनुदार रहेकाले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताउनुभएको हो। तल्लो तहमा अधिकार दिन भने राजनीतिक नेतृत्वले नचाहेको उहाँको भनाइ थियो ।

    प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो। प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयो।


    बिहिवार, चैत्र ९ २०७९०३:४८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij