काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । नेता भण्डारी अहिले हिडडुल गर्नसमेत थाल्नु भएको छ । आफ्नै निवासमा ग्यास सिलिण्डर बिस्फोट हुँदा जलेर घाइते हुनुभएका भण्डारी घाइते भएको ३५औँ दिनमा हिडडुल गर्न थाल्नु भएको उहाँसँगै अस्पतालमा रहनु भएका उहाँका दाई मीनप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँ अरुको सहयोगमा विना नै केही समय बस्न पनि थाल्नु भएको छ । “उहाँ अरुको सहयोगमा उठेर आफै कुर्सीमा बस्नु भयो भने १० कदम जति हिड्नु पनि भयो । राम्रोसंग बोल्न सक्नु हुन्छ र स्मरणशक्ति ठिक छ,” भण्डारीले भन्नुभयो ।
डा भण्डारीलाई नियमित रुपमा बढाउदै लगेर फिजियोथेरापी गराइएको र साधारण आहार दिइएको पनि उहाँले बताउनु भयो ।उहाँलाई भारतको मुम्बईमा रहेको नेशनल बर्नस सेन्टरमा उपचार गराइएको छ । उहाँको उपचारमा संलग्न डा। प्रसान्त महाराणेका अनुसार उहाँको अनुहारको छाला राम्रोसंग पलाएको छ भने शल्यक्रिया गर्न नपर्ने भएको छ । त्यसैगरी अन्य शारिरिक स्वास्थ्यमा पनि राम्रो सुधार भईरहेको उहाँले जानकारी दिनु भएको छ । तर पूर्ण निको हुन भने अझै केही हप्ता लाग्ने उहाँको भनाई छ ।
संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकहरुले भेटघाटमा अझै पनि प्रतिवन्ध लगाएका छन् ।अस्पतालका प्रमुख तथा उहाँको उपचारको नेतृत्व गरिरहनु भएका डा। सुनिल मनोहर केश्वनीले भेटघाट अभैm केही समय नगर्न निर्देशन दिनु भएको हो ।
काँग्रेस नेता भण्डारीको काठमाडौस्थीत निवासमा गत फागुन ३ गते ग्यास लिक भएर आगलागी हुँदा उहाँका आमा छोरा नै घाइते हुनुभएको थियो । आमा हरिकला भण्डारीको भने उपचारकै क्रममा फागुन ४ गते कृतिपुरस्थीत वर्न अस्पतालमा निधन भएको थियो ।