Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

‘बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ बाट एनआरएनकर्मी रायमाझि र रेग्मी सम्मानित

‘बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ बाट एनआरएनकर्मी रायमाझि र रेग्मी सम्मानित

  • बुधवार, चैत्र ८ २०७९

  • 747
    SHARES

  • ‘बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ बाट एनआरएनकर्मी रायमाझि र रेग्मी सम्मानित

    काठमाडौं। दोस्रो बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९ बाट नेपाली रडियो नेटवर्क एनआरएनकर्मी राजकुमार रायमाझी र कल्पना रेग्मीसहित ३१ विधामा ५१ जना सम्मानित भएका छन् । बिशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंद्वारा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित अवार्ड कार्यक्रमबाट सो संख्यामा सर्जक, कलाकार र प्राविधिकहरु सम्मानित भएका हुन् ।

    एनआरएनकर्मीद्वय रायमाझी र रेग्मी विशाल मुभिज लोक पत्रकारिता सम्मान २०७९ बाट सम्मानित भएका हुन।अन्य सम्मानित हुनेहरुमा कुल ३१ विधाका ५१ जना सर्जक, कलाकार लगायतका व्यक्तिहरु छन् । जसमा बिशाल मुभिज दशक लोक गायक सम्मान २०७९ बाट खुमन अधिकारी, गायिका कालिका रोका मगर, बाध्यवादनमा बाँसुरी बादक रत्न बहादुर बिश्वकर्मा साथै आई.टि. बाट राजेन्द्र अर्याल सम्मनित भएका थिए ।

    कार्यक्रममा बिशाल मुभिजको आगामी कार्यक्रम बिशाल लुम्विनी लोक आईडल २०८० को समेत घोषणा गरिएको थियो । अवार्ड कार्यक्रमको सात सदस्यीय निर्णायक समिति रहेको थियो भने निर्णायकको तर्फबाट ५० प्रतिशत, अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितिको तर्फबाट १० प्रतिशत नम्बरको आधारमा अवार्ड विजेताको छनोट गरिएको हो ।

    वरिष्ठ सङ्गीतकार र गायक नारायण रायमाझी, वरिष्ठ लोक गायक ईन्द्र जी. सी. वरिष्ठ काँठे गायक रेशम थापा, सङ्गीत तथा चलचित्र उत्पादक समाजका पूर्व अध्यक्ष निर्मलराज ढकाल, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर, लोकप्रिय म्युजिक भिडिओ तथा चलचित्र निर्देशक उमेश गुरुङ र म्युजिक भिडिओ निर्देशक निरेन श्रेष्ठ सहितको ७ सदस्यीय निर्णायक समिति रहेको कुरा अवार्ड समितिका अध्यक्ष हुम गैरेले जानकारी गराएका छन् ।

    समारोहमा विधागत अवार्डका साथै जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्ड लागायतका बिधाबाट पनि केही कलाकारहरु सम्मानित भएका छन् ।पूर्व कृषि मन्त्री तथा सांसद छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण गरिएको आयोजकले बताएको छ ।

    अवार्डका विधा र विजेताहरु:
    १. एकल लोक गीत गायिका-शकुन्तला गैरे

    २. मौलिक गीत गायक-प्रसाद खप्तरी मगर

    ३. मौलिक गीत गायिका-दिलु सलामी मगर

    ४. मौलिक गीत नव गायक-शिव खनाल

    ५. मौलिक गीत नव गायिका-बसन्ती थापा मगर

    ६. गायक-बिक्रम परियार

     ७. नव गायक-रमित मास्की राना

    ८. गायिका-जानकी तारमी मगर

    ९. नव गायिका-पूजा पुरी

    १०.काँठे गायक-दिनेश भण्डारी

    ११.पर्वगीत गायक-प्रेम विवश घर्ती

    १२.पर्वगीत गायिका-कमला बि.सी.  

    १३.देउडा गायक-खगेन्द्र बिश्वकर्मा

    १४.भाषाभाषी गीत गायिका-निरुता खत्री

    १५.भाका-जमुना राना

    १६.नव भाका-सञ्जय पाल्पाली

    १७.शब्द-बिक्रम बाबु बिश्वकर्मा

    १८.नव शब्द-राम प्रसाद बस्याल

    १९.म्यूजिक भिडिओ मोडल पुरुष-अनिल पौडेल

    २०.म्यूजिक भिडिओ मोडल महिला-सन्ध्या सानु

    २१.म्यूजिक भिडिओ नव मोडल पुरुष(अभिनय)-अनन्त भण्डारी

    २२.म्यूजिक भिडिओ नव मोडल पुरुष (नृत्य)-नरेश एम.सी.

    २३.म्यूजिक भिडिओ नव मोडल महिला-सिर्जना मगर

    २४.म्यूजिक भिडिओ निर्देशक-मिलन श्रेष्ठ

    २५.म्यूजिक भिडिओ नव निर्देशक-नवराज भट्टराई

    २६.दोहोरी साँझ गायिका-मधु रसाईली

    २७. लाईभ दोहोरी गायक-छत्र शाही

    २८. लाईभ दोहोरी गायिका-आरती रुचाल

    २९.सङ्गीत संयोजक-सुनिल परियार

    ३०.ध्वनि मिश्रण-मान बहादुर बराल

    ३१.राष्ट्रिय भावको गीत-तारापति सुवेदी

    ३२.एकल लोकगीत गायक(पब्लीक च्वाईस)-रामचन्द्र चन्द

    ३३.एकल लोकगीत गायक(जुरी)-डोलराज परियार

    ३४.मौलिक गीत गायक(जुरी)-युवराज छन्त्याल

    ३५.मौलिक गीत गायक(पब्लिक च्वाईस)-नवराज अधिकारी

    ३६.मौलिक गीत गायिका(पपुलर)-बन्दना पाण्डे

    ३७.मौलिक गीत नव गायक(जुरी)- हरि खत्री

    ३८.मौलिक गीत नव गायिका(पपुलर)- कमला पोखरेल

    ३९.मौलिक गीत नव गायिका(जुरी)- लालुमाया कुँवर  

    ४०.मौलिक गीत नव गायिका(नव प्रतिभा)-रचना राना मगर

    ४१.काँठे गायक(जुरी)-नमराज ढुङ्गाना

    ४२.पर्व गीत गायक(पब्लीक च्वाईस)-हेमराज डाँगी

    ४३.पर्व गीत गायक(जुरी अवार्ड)- कृष्ण गैरे

    ४४.पर्व गीत गायक(नव प्रतिभा)-राजु अधिकारी

    ४५.म्यूजिक भिडिओ मोडल महिला(पब्लीक च्वाईस)-अनु पराजुली

    ४६.म्यूजिक भिडिओ मोडल महिला(जुरी)- रमा ठकुरी

    ४७.म्यूजिक भिडिओ नव मोडल पुरुष नृत्य(जुरी)- नवराज अधिकारी

    ४८.लाईभ दोहोरी गायिका(पपुलर)-काजल जोशी शाही

    ४९.सङ्गीत संयोजक(जुरी)-डोलराज बारघरे

    ५०.गायिका(पब्लिक च्वाईस)-सपना रोका

    ५१.नव गायिका(जुरी)-बिमला परियार

     


    बुधवार, चैत्र ८ २०७९०५:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij