Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मल समस्या समाधान गर्न ६ पार्टीका किसान संगठनको माग

मल समस्या समाधान गर्न ६ पार्टीका किसान संगठनको माग

  • बुधवार, चैत्र ८ २०७९

  • 270
    SHARES

  • मल समस्या समाधान गर्न ६ पार्टीका किसान संगठनको माग

    काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट पार्टी निकट किसान संगठनले रासायनिक मलको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन्।आज काठमाडौँको माइतीघर मण्डलामा रासायनिक मलखादको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघका प्रतिनिधी सहित किसानहरु सहभागि छन्।

    प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताउनुभयो । उहाँले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताउनुभयो।

    त्यस्तै अखिल क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले नेपाल कृषिप्रधान देश भएपनि किसानहरुले किसान भएर बाच्न सक्ने अवस्था नभएको बताउनुभयो। उहाँले नेपाली किसानलाई सरकारले समयमा नै मल,बीउ समेत उपलब्ध गराउन नसकेको बताउनुभयो।

    किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नुपर्ने माग राखेका छन्। यस्तै उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

     


    बुधवार, चैत्र ८ २०७९०३:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij