Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सांसदहरुको आवाज : बोल्न खोज्दा किन मुख थुनेर घाँटी न्याकियो सरकार ?

सांसदहरुको आवाज : बोल्न खोज्दा किन मुख थुनेर घाँटी न्याकियो सरकार ?

  • बुधवार, चैत्र ८ २०७९

  • 504
    SHARES

  • सांसदहरुको आवाज : बोल्न खोज्दा किन मुख थुनेर घाँटी न्याकियो सरकार ?

    काठमाडौं। राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले हिजो केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ।

    हिजो प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए।

    जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो। सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गर्नुभएको हो ।

    उहाँले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोज्नुभएको हो ।

    उहाँले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उहाँले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गर्नुभयो । हिजो एक कार्यक्रममा युवाहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।


    बुधवार, चैत्र ८ २०७९०२:३७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij