Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मन्त्रालय भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रालय भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  • बुधवार, चैत्र ८ २०७९

  • 492
    SHARES

  • मन्त्रालय भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं। मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको छ। नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायतका दलहरू सरकारमा भित्रिँदैछन्।

    यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएका नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै विश्वासको मत फिर्ता लिएका थिए।


    बुधवार, चैत्र ८ २०७९०१:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij