Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा समेटिदैं छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा समेटिदैं छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

  • बुधवार, चैत्र ८ २०७९

  • 321
    SHARES

  • अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा समेटिदैं छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने बताउनु भएको छ। वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताउनुभएको हो।

    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘अनौपचारिक क्षेत्रका नागरिक पनि सामाजिक सुरक्षामा समेटिनेछन्। ६० प्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा समेटिने योजना छ। हामीलाई विश्वास छ, करिब ४० लाखमाथि वैदेशिक रोजगारमा रहेका श्रमिक तथा व्यक्तिहरू यो योजनामा आउनुहुनेछ ।’

    उहाँले संविधानको सफल कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धि अहिलेको आवश्यकता रहेको बताउनु भयो। उहाँले भन्नुभयो,‘देशका उत्पादनशिल जनशक्ति विदेशीरहेको छ। जुझारु जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने चुनौति छ। देशको अर्थतन्त्रलाई विदेशमा श्रम गरिरहेका नेपालीहरुले योगदान पुर्‍याउनुभएको छ।’

    प्रधानमन्त्री प्रचण्डले करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा समेट्ने सरकारको योजना रहेको बताउनुभयो।


    बुधवार, चैत्र ८ २०७९०१:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij