काठमाडौं। सभामुख देवराज घिमिरेले सरकारले नयाँ रुप लिएको बताउनुभएको छ। झापाको बिर्तामोडमा मेहरमान स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले यो सरकारले नयाँ रुप लिइसकेको र अब मन्त्रिमण्डल विस्तारसँगै गति लिने बताउनुभएको हो।
एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सामेल नभएपनि सरकार बनाउने दलले सबैलाई मिलाएर लानेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु भएसँगै यो सरकारलाई कसरी बलियो बनाएर लान सकिन्छ त्यस तर्फ सोच्न जरुरी रहेको उहाँको भनाई छ।