Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु,सबैलाई मिलाएर लैजान प्रधानमन्त्री प्रचण्डलाई चुनौती(खासखबर)

मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु,सबैलाई मिलाएर लैजान प्रधानमन्त्री प्रचण्डलाई चुनौती(खासखबर)

  • मंगलवार, चैत्र ७ २०७९

  • 461
    SHARES

  • मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु,सबैलाई मिलाएर लैजान प्रधानमन्त्री प्रचण्डलाई चुनौती(खासखबर)

    काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको गृहकार्य अगाडि बढेको छ । विश्वासको मत दिएका सबैलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ। तर समर्थन गरेका सबैलाई समेटेर अगाडि बढ्न भने प्रधानमन्त्री प्रचण्डलाई पक्कै पनि चुनौति छ ।विश्वासको मत लिएर बाहिरिने क्रममा हिजो प्रधानमन्त्री प्रचण्डले सवै दलसँंग छलफल गरेर केही दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको थियो ।

    मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरु पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यहि हप्ताभित्रै मन्त्रीमण्डल विस्तार हुने बताउनुभएको छ । यसका लागि आजैबाट गृहकार्य सुरु भएको जानकारी उहाँले दिनुभएको छ । सरकारलाई समर्थन गरेका सबै पार्टीसँंग सामुहिक र छुट्टाछुट्टै बैठक बसेर सहमती र समझदारीमा कार्यविभाजन गरेर मन्त्रीमण्डल विस्तार गर्ने उहाँको भनाई छ ।

    सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले पनि सरकारमा सहभागिता जनाउने यसअघि बताईसकेको छ । त्यसका लागि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग विभिन्न चरणमा छलफल समेत गरिसक्नु भएको छ । कांग्रेसले बढिमा ८ मन्त्रालय लिने समझदारी भएको छ । काँग्रेस नेता रामहरि खतिवडाका अनुसार कांग्रेसबाट अहिले नयाँ अनुहारले अवसर पाउने छन् ।

    यता, नेकपा एकीकृत समाजवादीले आज सरकारमा सहभागिता सहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको छ । केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो । एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारमा कस्तो निति कार्यक्रमका साथ जाने र सरकारमा के कति हिस्सेदारी पाउने भन्नेवारे पहिले पार्टी टुंगोमा पुग्ने बताउनुहुन्छ ।

    यता राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने तयारि गरिरहेको छ । सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने बताउनु भएको छ । तर जाने नै भनेर खुलस्त बताईसकेको अवस्था छैन । परियारले सरकारमा जान पनि दवाव रहेको र नजान पनि दवाव आएको बताउनुहुन्छ । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ ।

    हिजो प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका थिए । चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जाने तयारीमा छन् । तर, सबैलाई चित्त बुझाएर मन्त्रिमण्डलमा समेट्न प्रधानमन्त्री प्रचण्डलाई चुनौती भने छ ।

     

     


    मंगलवार, चैत्र ७ २०७९०८:२७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij