Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गगन थापा भन्छन् : शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टो टुंगोमा पुर्याउनुपर्छ 

गगन थापा भन्छन् : शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टो टुंगोमा पुर्याउनुपर्छ 

  • मंगलवार, चैत्र ७ २०७९

  • 280
    SHARES

  • गगन थापा भन्छन् : शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टो टुंगोमा पुर्याउनुपर्छ 
    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टो भन्दा छिट्टो टुंगोमा पुर्याउनु पर्ने बताउनुभएको छ ।आज काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरीजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
     
    महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको हो। शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनुभयो।
     
    महामन्त्री थापाले तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो।शान्ति प्रक्रियालाई पूर्णता दिदा पीडितको भावनामाथि चोट पुर्याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उहाँको भनाइ थियो।
     
    महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्याउने कामबाट भाग्ने छुट नभएको पनि पटक पटक दोहोर्याउनुभयो।गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनुभयो। 
     
    महामन्त्री थापाले तत्कालीन गिरीजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दावी समेत गर्नुभयो। उहाँले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाइ थियो।
     
    महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराउनुभयो ।गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको महामन्त्री थापाले बताउनुभयो ।


    मंगलवार, चैत्र ७ २०७९०७:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij