Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउँदै

रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउँदै

  • मंगलवार, चैत्र ७ २०७९

  • 264
    SHARES

  • रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउँदै

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ। क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रास्वपा सांसद मनिष झाले जानकारी दिनुभयो।

    आज अर्थतन्त्रका पक्षमा उद्योगी व्यवसायीसँग राय लिन लागिएको छ। अर्थतन्त्रको जटिल अवस्थामा राजनीतिक दल र प्रतिनिधिसभा सदस्यको भूमिकाका बारेमा महासंघसँग राय लिने झाले बताउनुभयो। भोली उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिरया गर्ने रास्वपाले जनाएको छ।

    अर्थतन्त्रपछि अन्य फरक क्षेत्रको विषयमा नेता र सांसदलाई प्रशिक्षित गरिने भएको छ। विषयगत विज्ञहरुका धारणा सुन्ने कार्यलाई प्राथमिकतामा राखिने झाले बताउनु भयो। पार्टीले केन्द्रीय सदस्य तथा सांसदहरुलाई प्रशिक्षित गर्नका लागि उक्त अवधारणा ल्याइएको हो।


    मंगलवार, चैत्र ७ २०७९०१:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij