Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई दोश्रो पटक विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई दोश्रो पटक विश्वासको मत प्राप्त

  • सोमवार, चैत्र ६ २०७९

  • 378
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई दोश्रो पटक विश्वासको मत प्राप्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रचण्डले आज बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा प्रचण्डको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो ।

    संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा प्रचण्डलाई बहुमत प्राप्त भएको हो ।नेकपा एमाले सहितको गठबन्धनबाट गत पुस १० मा प्रधानमन्त्री बन्नु भएका प्रचण्डले यसअघि पुस २६ मा संसदबाट पहिलो पटक विश्वासको मत लिनु भएको थियो ।

    गत फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको समीकरण परिवर्तन गरेर प्रधानमन्त्री प्रचण्ड र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने बताएपछि फागुन १५ मा एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    सोही कारण प्रचण्डले संसदबाट फेरि विश्वासको मत लिनुभएको हो ।त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि फेरि संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

    प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गर्नु भएको थियो ।एमालेसँगको समीकरण भत्किएर अहिले कांग्रेससँग नयाँ समीकरण बनेको हो । प्रचण्डले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनु भएको हो ।

    त्यतिबेला प्रचण्डलाई विश्वासको मत दिएको एमालेले यसपटक भने दिएन । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस,,माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी लगायतले विश्वासको मत दिएका हुन् ।


    सोमवार, चैत्र ६ २०७९०५:४२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij