Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यो गठबन्धन ५ वर्ष टिक्छ, प्रचण्डले अब विश्वासको मत लिनुपर्दैन : माधव नेपाल

यो गठबन्धन ५ वर्ष टिक्छ, प्रचण्डले अब विश्वासको मत लिनुपर्दैन : माधव नेपाल

  • सोमवार, चैत्र ६ २०७९

  • 325
    SHARES

  • यो गठबन्धन ५ वर्ष टिक्छ, प्रचण्डले अब विश्वासको मत लिनुपर्दैन : माधव नेपाल

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताउनु भएको छ।

    गत २६ पुसमा विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा फेरि विश्वासको मत माग्नुभएको छ। त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

    अध्यक्ष नेपालले त्यस्तो अवस्था नआउनेमा आफूलाई विश्वास रहेको बताउनुभयो। ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ। अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ’ उहाँले भन्नुभयो ।

    प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उहाँले बताउनुभयो ।


    सोमवार, चैत्र ६ २०७९०३:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij