Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

‘वैशाख १५–२० तिर फेरि यस्तै विश्वासको मत लिने दिन नआओस्’ : राजेन्द्र लिङ्देन

‘वैशाख १५–२० तिर फेरि यस्तै विश्वासको मत लिने दिन नआओस्’ : राजेन्द्र लिङ्देन

  • सोमवार, चैत्र ६ २०७९

  • 333
    SHARES

  • ‘वैशाख १५–२० तिर फेरि यस्तै विश्वासको मत लिने दिन नआओस्’ : राजेन्द्र लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका दिनुभएको छ।आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले गाउँघरमा यस्तो ड्राइभर भेटिने गरेको टिप्पणी गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ, गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?’ लिङ्देनले भन्नुभयो।

    आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको लिङ्देनले बताउनु भयो।उहाँले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनि बताउनु भयो। ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उहाँले भन्नुभयो ।

    लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भाग्यमानी भन्दै ठट्टा गर्नुभयो। ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिदै हुनुहुन्छ, वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओस्’ उहाँले भन्नुभयो ।


    सोमवार, चैत्र ६ २०७९०३:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij