Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : कांग्रेससँगै फर्किनु थियो भने एमालेसँग किन सहयात्रा गरेको ?

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : कांग्रेससँगै फर्किनु थियो भने एमालेसँग किन सहयात्रा गरेको ?

  • सोमवार, चैत्र ६ २०७९

  • 455
    SHARES

  • प्रधानमन्त्रीलाई  विष्णु पौडेलको  प्रश्न  : कांग्रेससँगै फर्किनु थियो भने एमालेसँग किन सहयात्रा गरेको ?

    काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग के कारणले सहयात्रा टुंग्याएको भनेर प्रश्न गर्नुभएको छ।

    आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै उपाध्यक्ष पौडेलले सोध्नुभयो,‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’

    पौडेलले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गर्नुभयो।

    ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै,प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो।’

    उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताउनुभयो ।


    सोमवार, चैत्र ६ २०७९०२:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij