Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिदैं

प्रतिनिधि सभाको बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिदैं

  • सोमवार, चैत्र ६ २०७९

  • 246
    SHARES

  • प्रतिनिधि सभाको बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिदैं

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिंदै हुनुहुन्छ ।

    गत पुस १० गते नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नु भएका ‘प्रचण्ड’ र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा दिएको समर्थन फिर्ता लिएको थियो ।

    ‘प्रचण्ड’ले एमालेसहितको गठबन्धन भएका बेला यसअघि पहिलो पटक गत पुस २६ मा संसदमा विश्वासको मत लिनुभएको थियो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको थियो । अहिले कांग्रेस सहितको अर्को समीकरण बनेपछि ‘प्रचण्ड’ले दोस्रो पटक आज विश्वासको मत लिन लाग्नु भएको हो ।


    सोमवार, चैत्र ६ २०७९०१:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij