काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।आज बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
आज बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताउनुभयो ।
त्यसक्रमा उहाँले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई एकस्वरले संसदमा प्रस्तुत हुन निर्देशन समेत दिनुभएको बैठकपछि दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।