Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर 

बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर 

  • आइतवार, चैत्र ५ २०७९

  • 342
    SHARES

  • बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर 
    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ। नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो। 
     
    स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिनुभयो। मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाई फायर गरेको डीएसपी बोहोराले जानकारी दिनुभयो । 
     
    बोहोराले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताउनुभएको छ । दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको उहाँको भनाई छ।


    आइतवार, चैत्र ५ २०७९०२:१६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij