Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ सोमबार हुने

नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ सोमबार हुने

  • आइतवार, चैत्र ५ २०७९

  • 286
    SHARES

  • नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ सोमबार हुने

    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
    यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो ।

    निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदै छ ।


    आइतवार, चैत्र ५ २०७९०१:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij