Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा आगलागी : एकै परिवारका १० जनाको मृत्यु

पाकिस्तानमा आगलागी : एकै परिवारका १० जनाको मृत्यु

  • शनिवार, चैत्र ४ २०७९

  • 449
    SHARES

  • पाकिस्तानमा आगलागी : एकै परिवारका १० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ ।

    सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको एक प्रशासनिक जिल्ला हो ।

    द न्युज इन्टरनेशनलका अनुसार शुक्रबार बिहान करिब ४ बजे मोहम्मद नवाबको थुप्रै कोठा भएको काठको घर र सो घरको छेउमा रहेको गोठबाट आगो सल्किएको बताइएको छ । स्थानीयवासीले घटनास्थलमा पुगेर भग्नावशेषबाट पुरिएका मानिसहरूलाई निकालेर स्वास्थ्य चौकीमा लगेको प्रत्यक्षदर्शी रज्जाक राजाले पत्रकारहरूलाई बताएका छन् ।

    प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरूमा मोहम्मद नवाबकी श्रीमती छब्बर बिबी, उनकी आमा जाहिदा बिबी र पाँच छोरी २० वर्षीया लिली नवाब, १८ वर्षीया समरियान बिबी, १६ वर्षीया समिना बिबी, १२ वर्षीया बिबी सानो, १९ वर्षीया अलिना बिबी र तीन छोरा छन् । त्यसैगरी आगलागीमा जलेर ५ वर्षीय मुनीर नवाब, ९ वर्षीय मुजिब नवाब र २ वर्षीय अजिज नवाबको मृत्यु भएको छ ।

    घटनापछि आक्रोशित परिवारका सदस्य र स्थानीयवासीले समयमै घटनास्थल नपुगेको भन्दै उद्धारक निकाय ११२ लाई कारबाही गर्न माग गर्दै काराकोरम राजमार्ग घण्टौसम्म अवरुद्ध गरेका थिए । डेपुटी कमिश्नर मोहम्मद रफिकले उनीहरूसँग कुरा गरेपछि शोकसन्तप्त परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेपछि उनीहरू शान्तिपूर्ण रूपमा तितरबितर भएको न्युज इन्टरनेसनलले जनाएको छ ।

    कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खानले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्रीले घटनामा घाइते भएकाहरुलाई उपचारको उचित व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।


    शनिवार, चैत्र ४ २०७९०४:४२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij