Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देशमा राष्ट्रिय एकताको आवश्यकता छ : राष्ट्रपति पौडेल

देशमा राष्ट्रिय एकताको आवश्यकता छ : राष्ट्रपति पौडेल

  • शनिवार, चैत्र ४ २०७९

  • 485
    SHARES

  • देशमा राष्ट्रिय एकताको आवश्यकता छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको बताउनु भएको छ ।राष्ट्रपति पौडेलले संघीय संसद र सातै प्रदेश सभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवनमा आयोजना गरिएको चियापान कार्यक्रममा सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

    राष्ट्रपति पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने बताउनुभयो। राष्ट्रपति पौडेलले निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अङ्गीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत रहनुपर्ने बताउनु भयो।

    संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखा पर्न थालेका असरहररुको न्यूनीकरण तथा राजनैतिक उपलब्धिहरूको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।


    शनिवार, चैत्र ४ २०७९०१:१४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij