Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्छ : अर्जुन नरसिंह केसी

गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्छ : अर्जुन नरसिंह केसी

  • शनिवार, चैत्र ४ २०७९

  • 319
    SHARES

  • गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्छ : अर्जुन नरसिंह केसी

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषय टुङ्गो नलागेको बताउनु भएको छ। आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताउनुभयो ।

    उहाँले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने पनि खुलाउनुभयो। केसीले गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने बताउनुभयो। अहिले मुख्य लडाई भनेको मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या रहेकोले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो।

    अहिले देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि उहाँको भनाई छ। उहाँले देशमा आर्थिक अवस्था निकै कमजोर भएकोले चालु खर्च घटाउन सबैको ध्यान जानु पर्ने बताउनुभयो।


    शनिवार, चैत्र ४ २०७९०१:०७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij