Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न माग

सभामुख घिमिरेले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न माग

  • शनिवार, चैत्र ४ २०७९

  • 577
    SHARES

  • सभामुख घिमिरेले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न माग

    काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा रहेको भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ ।

    राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रुपमै यस्ता प्रेस विरोधी अभिव्यक्ति दिनु शोभनीय नरहेको र अनलाइन मिडियाको स्वच्छतामाथी समेत प्रहार भएको संघको ठहर छ ।

    सचिव गोविन्द मरासिनीले विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्तिले प्रेस कानुन र अझ अनलाइन पत्रकारिता सम्बन्धी कानुन निर्माण गर्दा स्वेच्छाचारी ढंगले हुने त होइन भन्ने प्रश्न समेत खडा भएको आशंका व्यक्त गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता र विश्वसनीयता विरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्नका लागि संघ जोडदार माग गर्दछ । अन्यथा, संघ जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ । तसर्थ, आगामी दिनमा राज्यले नै चौथो अंग पत्रकारितामाथि सार्वजनिक अभिव्यक्ति दिँदा समग्र पत्रकारिताको स्वच्छतामाथि ख्याल गर्न सम्बन्धित सबैप्रति अनुरोध समेत गर्दछ ।’


    शनिवार, चैत्र ४ २०७९०८:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij