Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा चियापानको आयोजना

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा चियापानको आयोजना

  • शनिवार, चैत्र ४ २०७९

  • 285
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा चियापानको आयोजना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज चियापान समारोह आयोजना गर्नुभएको छ ।

    संघीय संसद र सातै प्रदेशसभा सदस्यलाई निम्तो गरी राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतलनिवासमा चियापान कार्यक्रम गर्न लाग्नुभएको हो ।

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेलले​पहिलोपटक चियापान कार्यक्रम गर्न लाग्नुभएको हो। उपराष्ट्रपतिको निर्वाचनका लागि अधिकांश सांसद काठमाडौं आइपुगेका बेला चियापान कार्यक्रमको मौका छोपिएको हो।

    पौडेलले गत फागुन २९ पदभार ग्रहण गर्नुभएको हो ।


    शनिवार, चैत्र ४ २०७९०६:५६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij