Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

  • शुक्रवार, चैत्र ३ २०७९

  • 801
    SHARES

  • उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित
    काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । शुक्रबार(आज) भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । 

    संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी हुनुभयो ।उहाँले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गर्नुभयो ।

    उपराष्ट्रपतिमा निर्वाचित यादव बारा—२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ । उहाँ जसपाका संसदीय दलका नेतासमेत हुनुहुन्छ । विक्रम संवत् २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गर्नुभएको छ । शिक्षण पेसा त्यागेर उहाँले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।


    शुक्रवार, चैत्र ३ २०७९०४:३३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij