काठमाडौं। आज भएको उपराष्ट्रपति पदको निर्वाचनमा कुल ५३ जना सांसद अनुपस्थित भएका छन्। उपराष्ट्रपतिको निर्वाचनमा २१ संघीय सांसद र ३२ प्रदेश सांसदले मतदानमा सहभागिता नजनाएका हुन् ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेकोमा उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान प्रक्रियामा संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएसँगै अहिले मतगणना को कार्य जारी छ। साँझ ६ बजेसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यी हुन् मतदानमा सहभागी नहुने सांसदहरू,
१. राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा – ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा – ४ जना
३. राष्ट्रपति रामचन्द्र पौडेल – १ जना
४. संघका चन्द्र चण्डारी (बिरामी) – १ जना
५. संघका बर्षमान पुन (बिरामी) – १ जना
६. संघका सनाज रहमान (मृत्य) – १ जना
७. संघमा लक्ष्मी कोईरी महतो (फरार) – १ जना
८. जसपा प्रदेश सांसद– १ जना
९. संघको मनोरमा शेरचन (बिरामी) – १ जना
– संघमा २१ जना
– प्रदेशमा ३२ जना