Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, आजै मत परिणाम आउने

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, आजै मत परिणाम आउने

संघीय संसद्का ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ मत खस्यो
  • शुक्रवार, चैत्र ३ २०७९

  • 252
    SHARES

  • उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, आजै मत परिणाम आउने
    काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।
     
    नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसद्तर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।
     
    राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे।
     
    यसैबीच जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार(आज) बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । आज साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 


    शुक्रवार, चैत्र ३ २०७९०३:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij