Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति निर्वाचन अपडेट: ८ सय १६ जनाले गरे मतदान

उपराष्ट्रपति निर्वाचन अपडेट: ८ सय १६ जनाले गरे मतदान

  • शुक्रवार, चैत्र ३ २०७९

  • 374
    SHARES

  • उपराष्ट्रपति निर्वाचन अपडेट: ८ सय १६ जनाले गरे मतदान
    काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि मतदान जारी छ। बिहान १० बजेदेखि सुरु भएको मतदानको पछिल्लो अपडेटअनुसार दिउँसो २ बजेसम्म ८ सय १६ जनाले मतदान गरेका छन्। 
     
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय संसद् ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०का सदस्यमध्ये २९८ जनाले आफ्नो मत व्यक्त गरेका छन्। यस्तै, ७ वटै प्रदेश सभाका सदस्यमध्ये ५१८ जनाले आफ्नो मत व्यक्त गरेका छन्। 
     
    संघीय संसद्का ३३२ जना सदस्यले मतदान गर्नेछन् भने ७ वटै प्रदेश सभाका ५५० जना सदस्यले मतदान गर्नेछन्। बिहान १० बजेबाट सुरु भएको मतदान ३ बजेसम्म जारी रहनेछ। 
     
    उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार बनेका छन् । 


    शुक्रवार, चैत्र ३ २०७९०२:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij