Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै

रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै

  • शुक्रवार, चैत्र ३ २०७९

  • 288
    SHARES

  • रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

    उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बैठक बस्न लागेको हो ।

    शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् ।

    जसपाबाट उम्मेदवारी दिनुभएकी प्रमिला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ ।

    रास्वपाले पुरुष उम्मेदवारलाई मत दिने बताइसकेको छ । रास्वपालेले उपराष्ट्रपतिमा रामसहायलाई मत नदिने जवाफ पठाएको छ ।

    रास्वपाले उपराष्ट्रपतिकी उम्मेदवार एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यलाई मत दिने सम्भावना बलियो छ ।


    शुक्रवार, चैत्र ३ २०७९०८:३८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij