Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भोली हुने उपराष्ट्रपति पदको निर्वाचन तयारी पूरा,आआफ्नै उम्मेदवार विजयी हुने दलहरुको दाबी (खासखबर)

भोली हुने उपराष्ट्रपति पदको निर्वाचन तयारी पूरा,आआफ्नै उम्मेदवार विजयी हुने दलहरुको दाबी (खासखबर)

  • बिहिवार, चैत्र २ २०७९

  • 516
    SHARES

  • भोली हुने उपराष्ट्रपति पदको निर्वाचन तयारी पूरा,आआफ्नै उम्मेदवार विजयी हुने दलहरुको दाबी (खासखबर)

    काठमाडौं। भोली हुने उपराष्ट्रपति पदको निर्वाचन तयारी पूरा भएको छ । राजनीतिक दलहरु उपराष्ट्रपति निर्वाचनमा केन्द्रीत बनेका छन् । राष्ट्रपतिको निर्वाचनभन्दा यो निर्वाचनमा फरक परिदृश्य देखिएको छ । नेपालको संविधानमा उपराष्ट्रपतिको निर्वाचनमा दुई प्रकारका मतदाता हुने व्यवस्था छ । संघीय संसदका सांसद र प्रदेश सभाका सांसदहरु उपराष्ट्रपति चयन गर्ने मतदाता हुन् ।

    यी मतदाताले दिने मतको भार पनि फरक–फरक हुन्छ । संघीय संसदअन्तर्गतका राष्ट्रिय सभा र प्रतिनिधि सभाका एकजना सांसदले दिएको मतको मतभार ७९ मत बराबर हुन्छ । यो भनेको एकजना सांसदले ७९ हजार जनताको प्रतिनिधित्व गर्छ भन्ने हो । भोलि हुने उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ जना सांसद छन् । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । यसरी संघीय संसदमा ३३४ जनाले उपराष्ट्रपतिका लागि मत हाल्न पाउँछन् । जुन २६ हजार ३ सय ८६ मत बराबर हो ।

    प्रदेश सभाका ५ सय ५० सांसदमध्ये एकजना सांसदले दिएको मतको मतभार ४८ मत बराबर हुन्छ । उनीहरूको जम्मा मत २६ हजार ४ सय बराबर हुन्छ । संघीय संसद र प्रदेश सभाको मतभार जोड्दा उपराष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको मतको गणना भने ५२ हजार ७ सय ८६ मत हुनेछ ।

    गठबन्धनले उपराष्ट्रपतिको उम्मेदवारमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई अघि सारेको छ । सोही गठबन्धनकै जनमत पार्टीको तर्फबाट ममता झाको पनि उम्मेदवारी परेको छ ।
    उता, नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्य रहनुभएको छ । एमालेका नेता विष्णु रिजाल र कांग्रेस नेता जीवन परियारले आआफ्ना उम्मेदवारले विजयी हासिल गर्ने दाबी गर्नुभएको छ।

    सरसरी हेर्दा नेपाली कांग्रेसको १६ हजार २२१, नेकपा माओवादी केन्द्रको ७ हजार ७२८, जसपाको २ हजार ०९७, नेकपा एसको २ हजार ४७८, रास्वपाको १ हजार ५०१, जनमत पार्टीको १ हजार २४२ मतभार रहेको छ । त्यस्तै, लोसपाको ८ सय २७, नागरिक उन्मुक्ति पार्टीको ७ सय ६५, राष्ट्रिय जनमोर्चाको १ सय ५८, नेपाल समाजवादी पार्टीको ७९ मतभार रहेको छ ।

    यता, नेकपा एमालेको १५ हजार २८१, राप्रपाको २ हजार २१०, नेमकिपाको २ सय २३, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्रहरुको १ हजार २८७ मतभार रहेको छ ।

     


    बिहिवार, चैत्र २ २०७९०८:२१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij