Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

स्ववियु निर्वाचनः त्रिचन्द्र क्याम्पसमा चैत ९ गते 

स्ववियु निर्वाचनः त्रिचन्द्र क्याम्पसमा चैत ९ गते 

  • बिहिवार, चैत्र २ २०७९

  • 291
    SHARES

  • स्ववियु निर्वाचनः त्रिचन्द्र क्याम्पसमा चैत ९ गते 

    काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन हुने भएको छ । घण्टाघरस्थित सो क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै ९ गते मतदान मिति तय गरेको हो ।

    विद्यार्थी भर्नालाई लिएर विवादका कारण त्रिचन्द्रमा निर्वाचन तालिका प्रभावित बनेको थियो। निर्वाचन अधिकृत राजेन्द्र गौतमले जारी गरेको सूचनामा मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ। दावी विरोधका लागि चैत ४ गतेको समय तोकिएको छ ।

    यस्तै,चैत ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारमाथि दावी विरोधका लागि समय दिइएको छ। यस्तै,७ गते प्रचारप्रसारका लागि समय दिने तय भएको छ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।

    त्रिचन्द्र कलेजमा निर्वाचन प्रक्रियाका विषयलाई लिएर विद्यार्थीले क्याम्पस प्रमुख प्रा।डा।सुनिल अधिकारीको कुर्सी र नेम प्लेट नै गेटमा राखेर प्रदर्शन गरेका थिए । देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव तोकिएको छ ।


    बिहिवार, चैत्र २ २०७९०४:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij