Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेले लिए सरकारी निवासको चाबी

सभामुख घिमिरेले लिए सरकारी निवासको चाबी

  • बिहिवार, चैत्र २ २०७९

  • 317
    SHARES

  • सभामुख घिमिरेले लिए सरकारी निवासको चाबी

    काठमाडौं। सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझ्नुभएको छ। सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार आज घिमिरेले सरकारी निवासको चाबी बुझ्नुभएको हो ।

    सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ। सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आउनु भएको छ ।

    तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सर्नुभएको थियो। त्यसपछि सभामुख बन्नुभएका अग्नि सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो ।

    सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न चाहेनुभएन, बालुवाटारमै बस्ने चाहना राख्नुभयो। तर, राष्ट्रिय सभाका अध्यक्षका लागि अर्को ठाउँको व्यवस्थापन नभएपछि बालुवाटारमै मुख्य सचिवका लागि तयार निवास सभामुखका लागि दिइएको छ।

    गत माघ ५ गते घिमिरे सभामुखमा निर्वाचित हुनुभएको थियो ।


    बिहिवार, चैत्र २ २०७९०२:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij